Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

रुस–युक्रेन युद्धले अर्थतन्त्रमा चुनौती थपियो : गभर्नर अधिकारी

रुस–युक्रेन युद्धले अर्थतन्त्रमा चुनौती थपियो : गभर्नर अधिकारी

काठमाडौं, १६ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको असरले देशको अर्थतन्त्रमा चुनौती थपेको बताएका छन् ।


नेपाल चार्टर्ड अकाउन्टेन्ट सङ्घको नव निर्वाचित कार्यसमितिको शपथ कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको विश्वभर परेको असरले नेपालसमेत प्रभावित भएर अर्थतन्त्रमा नयाँ चुनौती थपिएको बताएका थिए ।


गभर्नर अधिकारीले विश्व अर्थतन्त्रमा सङ्कट देखापरेको भन्दै त्यसको प्रभावले पछिल्लो समय वस्तुको मूल्यवृद्धिमा चाप परेको बताएका थिए । उनले अहिले मूल्यवृद्धिको चाप विश्वले भोग्नुपरेको बताए ।


देशको अर्थतन्त्र सुधार गर्न सबैले मिलेर काम गर्नुपर्ने समय आएको अधिकारीको भनाइ छ । गभर्नर अधिकारीले चार्टर्ड अकाउन्टेन्टहरुले दिने भूमिका मौद्रिक नीतिमा महत्त्वपूर्ण हुने गरेको बताएका थिए ।


यस्तै कार्यक्रममा बोल्दै सङ्घका नवनिर्वाचित अध्यक्ष दीपक पाण्डेले अर्थसम्बन्धी कुनै पनि समस्याको छलफल तथा समाधान गर्न चार्टर्ड सङ्घ तयार रहने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x