Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

निर्यात व्यवसायी महासंघका राष्ट्र बैंकको माैद्रिक नीतिका लागि १२ बुँदे सुझाव

निर्यात व्यवसायी महासंघका  राष्ट्र बैंकको माैद्रिक नीतिका लागि १२ बुँदे सुझाव

काठमाडौं, २० असार । निर्यात व्यवसायी महासंघ नेपालले आगामी मौद्रिक नीतिका राष्ट्र बैंकलाई सुझाव दिएको छ । महासंघका अध्यक्ष राम बहादुर गुरुङले आईतबार नेपाल राष्ट्र वैंकका गभर्नर महा प्रसाद अधिकारी समक्ष उक्त सुझाव दिएका हुन् ।


उनले नेपालको निर्यात क्षेत्रमा कोभिड १९ को प्रभाव नसकिदै अर्थतन्त्रमा तरल अभाव देखिएको हुँदा निर्यात व्यवसायीहरु थप अप्ठ्यारोमा परेका छन् । देशको आर्थिक गतिविधि संचालनमा निजी क्षेत्रको महत्वपुर्ण योगदान रहेको तथा बिदेशी मुद्राको प्रमुख स्रोत निर्यात क्षेत्र भएकोले यस क्षेत्रको संरक्षणमा राष्ट्र बैंकले आवश्यक कदम चाल्नु पर्ने बताए ।


यस्ता छन् सुझाव
विश्व बैंकले नेपालको निर्यात व्यापार न्यूनतम ४ गुणाले बढाउन सकिने अनुमान गरेको छ । नेपालले क्षेत्रिय सम्झौता र विभिन्न मुलुकहरुले दिएको सुविधाको २० प्रतिशत मात्र उपभोग गर्न सकेको विभिन्न अन्तराष्ट्रिय प्रतिवेदनहरुले देखाएका छन् । निर्यातमा दुई तिहाई भन्दा बढि गैर भंसार अवरोध, प्रकृयागत र नीतिगत जटिलताको कारण नेपालको निर्यात व्यापार अपेक्षित रुपमा बढ्न नसकेको विभिन्न अध्ययनहरुले देखाएका छन् । भएको निर्यात व्यापार पनि ८० प्रतिशत भारत र चीनमा निर्भर रहेको छ । कुल ४ हजार भन्दा बढि वस्तुहरु आयात गरे पनि एक हजार भन्दा कम वस्तुहरु निर्यात गर्न सकिएको छ । कुल ग्राहस्थ उत्पादनमा नेपालको निर्यातको अंश क्रमश घटेको कारण व्यापार घाटा चुलिएको छ । अति कम बिकशित मुलुकबाट अपग्रेड भएर एक तह माथि उक्लने भए पछी नेपालले पाउदै आएको न्क्ए सुबिधा सन् २०२६ देखी हट्ने भएकोले पनि नेपालको निर्यात क्षेत्र चिन्तित रहेको छ ।
अर्थतन्त्रमा देखिएको तरलता अभावका कारण निर्यात क्षेत्र अप्ठ्यारोमा रहेको तथा केही बर्ष पछि बन्द हुन लागेको न्क्ए सुबिधालाई मध्य नजर गर्दै आगामी आ.व.को मौद्रिक नीतिमा समेट्न अतिआवश्यक देखिएका बिषयहरु तपशिल बमोजिम रहेका छन् ः


१. निर्यात व्यवासायमा पुर्नकर्जाको सुविधालाई निरन्तरता दिईनु पर्ने । स्प्रष्ट्रिकरणः निर्यातजन्य उद्योगमा अझैसम्म पनि कोभिडको प्रभाव नसकिएको तथा हाल देखिएको तरलता अभावका कारण निर्यातजन्य व्यवसाय थप समस्यामा परेको कारण उद्योग सञ्चालनको लागि वातावरण बनाई राख्न पुर्नकर्जाको आवश्यकता छ ।
२. हाल नेपाल राष्ट्रबैंकले प्रदान गरेको निर्यात कर्जामा निम्न अप्ठ्यारोहरु व्यवसायीले व्यहोरी रहेको हुनाले यी कुरा प्रष्ट रुपमा कार्यान्वयन गरी दिनु अनुरोध गर्दछौ ।
क) बाणिज्य बैकहरुले निर्यात व्यवसायीले माग गरेको केही शिर्षकमा मात्र सहुलिय पुर्ण कर्जा उपलब्ध गराएको हुनाले यो अत्यन्त झण्झटिलो रहेको छ । तसर्थ निर्यात उद्योगले लिएको सम्पुर्ण कर्जा निर्यात कर्जा अन्तर्गत ३ प्रतिशतमा दिइनु पर्ने । केही बैंकहरुले निर्यात मुलक उद्योगलाई साना उद्योगअन्तर्गत राखि ५ प्रतिशत व्याज लिइराखिएको हुनाले निर्यात उद्योगलाई स्वत ३ प्रतिशत मा कर्जा प्रवाह गरिनु पर्ने ।
ख) बढ्दो व्यापार घाटालाई कम गर्नको लागि नेपाल भित्र रहेका उत्पादन मुलक उद्योग तथा निर्यातजन्य उद्योगहरुलाई कर्जा न्यूनतम समयसिमा ३ वर्षको लागि चालु र ५ बर्षको लागि स्थिर सम्पती (मेशिनरी, पार्टपुर्जा, कारखाना भवन, गोदाम) निर्माण तथा खरिदका लागि उपलब्ध गराउनु पर्ने ।
३. नेपालमा बैंक ब्याजदर श्रीलंका पछि दोस्रो उच्च ब्याजदर रहेको छ । नेपाली बस्तुहरुको उत्पादन क्षमता विस्तार नहुुनुमा वित्तिय पहुँचको अभाव तथा महंगो व्याजदर प्रमुख कारक रहेको छ । नेपाल राष्ट्र बैंकले निर्यात कर्जाको लागि सहुलियत कर्जाको व्यवस्था गरेपनि निर्यात कर्जाका लागि विशेष कोषको व्यवस्था भएको छैन । निर्यातका लागि बंगलादेश, पाकिस्तान लगायतका मुलुकहरुमा छुट्टै कोषको व्यवस्था गरिएको छ । बंगलादेशमा कुल निर्यातको झण्डै २० प्रतिशतको निर्यात कर्जा कोषको व्यवस्था गरेको साथै पाकिस्तानमा कुल निर्यातको १८ प्रतिशत रकम निर्यातका लागि विशेष कर्जाको प्रवाह गरिएको छ । अन्य मुलुकको अनुभवलाई समेत लिंदा र नेपालको निर्यात अन्य मुलुकको तुलनामा कम समेत रहेको कारण थप प्रोत्साहित गर्न अघिल्लो भएको निर्यातकोे २५ प्रतिशते हुन आउने रकम बराबर चालु पूँजि सहित निर्यात कर्जा कोष स्थापना गरिनु आवश्यक छ ।
४. निर्यात क्षेत्रको बिकासको लागि अन्य देशहरुमा जस्तै यस क्षेत्रलाई समेट्ने छुट्टै बैंकको स्थापना गरिनु पर्ने ।
५. निर्यातमा नगद प्रोत्सहानसको सुविधा घरेलु तथा साना उद्योग, मझौला उद्योगले समान रुपमा लिन नसकेको सन्दर्भमा निर्यातको कर बीजक, बिल, विदेशी मुद्रा आएको बैंकको पेश्की वा पूर्ण भुक्तानी प्रमाण, निर्यात गरेको भन्सार प्रज्ञापनपत्र, सामान पठाएको बील अफ लैडिङ वा अन्य प्रमाण भएपछी उद्योग विभागको सिफारिस आवश्यक नपर्ने गरी, भन्सारबाट निर्यात प्रमाणित भएको कागजातको आधारमा विना झन्झट स्वत सम्वन्धित उद्योग कम्पनीको बैक खातामा जम्मा हुने व्यवस्था गरिनु पर्ने ।
६. चालु आ.व. को ब्याज तथा किस्ता रकमलाई बिना हर्जना तथा बिना अतिरिक्त ब्याज आगामी आ.व. भरिका लागि पूँजीकरण गरिनु पर्ने । यसका साथै भुक्तानी र बैंकिङ्ग प्रकृयालाई प्रभावकारी रुपमा लागू नगरी ग्रेस पेरिओड दिने ब्यबस्था गरियोस । यो एक अन्तराष्ट्रि«य अभ्यास हो । नेपाल सरकार वा बैंकका नियमहरु प्रभावकारी रुपमा नियमन भई माथी उल्लेखित बिधि अपनाउन नसकेमा व्यवसायीहरु कालो सुचिमा पर्न सक्ने जटिलताको सामाना गर्नु पर्ने भई निर्यात क्षेत्रबाट व्यवासयीहरु पलायन हुने अवस्था आउछ ।
७. नेपाली व्यवसायीहरुले विदेशी मुद्राको उचित विनिमय दर प्राप्त गर्न नसकिरहेको अवस्था बिद्यमान छ । नेपाल राष्ट्र बैकले निर्यात व्यवसाय÷व्यवसायीहरुका निमित्त विशेष विदेशी मुद्रा विनिमय दरको व्यवस्था गरिनु पर्ने । तात्कालिन चलनचल्तीको रेटमा प्रति डलर थप ४० पैसा सटहीमा थप रकम उपलब्ध गराईनु पर्ने ।
८. विगत केहि वर्ष देखि कोरोना भाइरसको विश्वब्यापी महामारीले भौतिक रुपमा उपस्थित भइ गरिने ब्यवसायि भन्दा अन्तराष्ट्रिय स्तरमा विद्युतिय माध्यम बाट अन लाइन माफर्त गरिने ब्यवसाय प्रभावकारी, ब्यवहारिक र ग्राहकले रुचाइएको प्राणलिको रुपमा तिब्र रुपमा बिकास हुंदै आएको सन्दर्भमा नेपालमा हाल सम्म आन्तरिक बजारमा प्रवद्र्धन एव खरिद बिक्रि गर्न विद्युतिय माध्यमको प्रयोग केहि मात्रमा भए पनि अन्तराष्ट्रिय बजारमा इ कर्मस बाट अन लाइन माफर्त खरिद विक्रि गर्न सकिने प्रावधान गरिनु पर्ने ।
९. नेपालमा हाल ५ हजार डलर भन्दा बढि बैक मार्फत बाहिर मुलुकमा पठाउनको लागि राष्ट्र बैंकको स्विकृती लिने प्रावधान व्यवसायीको लागि झन्झटिलो सावित भएको छ । आयत गर्ने वस्तुहरुमा विदेशी मुद्रा पठाउदा थ्रेसहोल्ड तोक्नु पर्ने प्रावधान हुन सक्ला तर निर्यात व्यवासयको प्रर्वद्धन गर्नको लागि व्यवसाय सुरुवात गर्दा १० हजार डलर सम्म लान पाउनु पर्ने । साथै स्थापित भएका निर्यात व्यवसायीहरुले निर्यात व्यवसाय प्रर्वदनका लागि निर्यात रकमको १० प्रतिशत रकम प्रर्वद्धनमा खर्च गरी बजार विस्तार र प्रतिस्पर्धि हुनका निमित्त वाध्यकारी स्थिति हामीमा चुनौती छन् त्यसैले प्रर्वद्धनका लागि सटही सुविधाको व्यवस्था गरिनु पर्ने ।
१०. अनलाईनबाट नेपाली उत्पादनहरु विश्व बजारमा बिक्रि वितरण गर्न अन्तराष्ट्रिय भूक्तानीका साथै सामानको वारेन्टि र ग्यारेन्टिको लागि सहज हुने गरि विदेशी विनिमय ऐनलाई संसोधन गरिनु आवश्यक छ । पेपाल जस्ता अन्तराष्ट्रिय भुक्तानी मध्यस्तता सम्बन्धी सेवा प्रदान गर्ने कम्पनीहरुले नेपालमा सेवा विस्तार गर्न आवश्यक ऐन, नियम निर्माण गर्नु पर्नेछ । चीन नेपालको ठुलो निर्यात गन्तव्य हुन सक्ने कुरालाई मध्यनजर गर्दै प्येमेन्ट गेटवेको तत्काल सुरुवात गरिनु आवश्यक छ ।
११. चिनसँग गरिने निर्यात व्यापार (भारतसँग भरतीय मुद्रामा जस्तै) चिनियाँ मुद्रामा गर्न पाउनु पर्ने ।
१२. निर्यात व्यापारको जोखिम कम गर्नको लागि निर्यात जोखिम विमाको व्यवस्था गर्नु पर्ने । यसबाट निर्यात क्षेत्रमा लागेको व्यवसायीहरुको जोखिम कम हुन गई निर्यात क्षेत्रमा नयाँ नयाँ व्यवसायीहरुलाई आर्कषित गर्ने जस्ता सुझावहरु दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x