नेप्से ४६.०८ अंकले ओरालो
काठमाडौं, २१ असार । यस साताको तेस्रो कारोबार दिन मंगलबार शेयर कारोबार ओरालो लागेको छ ।
यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ४६.०८ अंकले घटेर २०३०.५९ अंकमा पुगेको छ ।
मंगलबार २२९ कम्पनीको ८६ लाख १३ हजार रुपैयाँको शेयर किनबेच हुँदा २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
ठुला कम्पनिको उपसूचक ८.७१ अंकले घटेर ३८७.२३ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा २.२० प्रतिशतले बढी हो ।
यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन सबै समूहका कम्पनीको कारोबार घटेको छ भने सबै भन्दा धेरै र्निजिवन बीमा समूहका कम्पनीको कारोबार २३९.८७ अंकले घटेको छ ।