Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

चालू आव सकिँदै गर्दा बैंकहरूमा बढ्यो निक्षेप, एक सातामै थपियो ३४ अर्ब

चालू आव सकिँदै गर्दा बैंकहरूमा बढ्यो निक्षेप, एक सातामै थपियो ३४ अर्ब

काठमाडौं, २१ असार । आर्थिक वर्ष सकिनै लाग्दा बैंकमा निक्षेप वृद्धि हुन थालेको छ । सरकारी खर्च, चालु तथा पुँजीगत खर्च बढ्नुका साथै अन्य कम्पनी तथा व्यवसायको क्लोजिङको समय समेत आएपछि बैंकमा निक्षेप बढ्न थालेको हो । नेपाल बैंकर्स संघले दिएको पछिल्लो रिपोर्ट अनुसार पछिल्लो साता बैंकहरुमा ३४ अर्ब निक्षेप संकलन भएको छ ।

संघका अनुसार असार १० गतेदेखि १७ गतेसम्ममा २७ वटा वाणिज्य बैंकको निक्षेप ३४ अर्बले बढ्दै ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको हो । यस्तो निक्षेप अघिल्लो हप्ता अर्थात् असार ३ गतेदेखि १० गतेसम्म बैंकहरुले ४ अर्बले मात्र वृद्धि गर्दै ४३ खर्ब ९८ अर्ब संकलन गरेका थिए । समीक्षा अवधिमा कर्जा लगानीतर्फ भने बैंकहरुले जम्मा २ अर्बले मात्र वृद्धि गर्दै कुल ४१ खर्ब ८४ अर्ब रुपैयाँ लगानी गरेका छन् । अघिल्लो हप्ता असार ३ गतेदेखि १० गतेसम्म बैंकहरुले यस्तो कर्जा ४ अर्बले वृद्धि गर्दै ४१ खर्ब ८२ अर्ब लगानी गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x