Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नबिल बैंक र नेपाल बंगलादेश बैंकको कारोबार २४ देखि २७ गते सम्म बन्द हुने

नबिल बैंक र नेपाल बंगलादेश बैंकको  कारोबार २४ देखि २७ गते सम्म बन्द हुने

काठमाडौं, २३ असार । प्राप्ती प्रक्रियाका क्रममा नबिल बैंक लिमिटेड र नेपाल बाङ्लादेश बैंक लिमिटेडका सफ्ट्वेयर समायोजनका लागि दुबै बैंकको बैंकिङ सेवा र तथा कारोबार बन्द हुने भएको छ ।


दुबै बैंकको सम्पूर्ण तथ्याङ्कलाई एकल बैंकिङ्ग सफ्टवेयरमा समायोजन गर्ने प्रयोजनको लागि मिति असार २४ गते शुक्रबार कार्यालय समय पछिदेखि असार २७ गते सोमबार बिहान कार्यालय समय अगाडि सम्म नविल बैंकका सम्पूर्ण बैंकिङ्ग सेवा तथा कारोबार बन्द हुने बताइएको छ । असार २५ गते शनिबार सार्वजनिक विदाको दिन सञ्चालन हुने सम्पूर्ण काउण्टर तथा अन्य बैंकिङ्ग सेवा बन्द रहने भएका छन् भने उक्त समयमा नबिल बैंकका क्रेडिट कार्ड र प्रिपेड कार्ड भने सञ्चालनमा रहने बैंकले जनाएको छ ।

त्यसै गरी नेपाल बङ्गलादेश बैंकमा भने असार २३ गते बिहीबार कार्यालय समय पश्चातदेखि असार २७ गते सोमबार बिहान कार्यालय समय अगाडि सम्म उक्त बैकका सम्पूर्ण बैंकिङ्ग सेवा तथा कारोबार बन्द रहने छ । उक्त समयमा नेपाल बङ्गलादेश बैंकका क्रेडिट कार्ड भने सञ्चालनमा रहने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x