Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

दिगो पर्यटन परियोजनाद्धारा रिभर गाइड लाइसेन्सिङ तालिम

दिगो पर्यटन परियोजनाद्धारा रिभर गाइड लाइसेन्सिङ तालिम

काठमाडौं, २४ असार । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले शुरु गरेको जिविकोपार्जनपुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) अन्र्तगत असार २३ गतेबाट नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम) काठमाडांैमा सात दिने रिभर गाइडको लाइसेन्सिङ्ग तालिम शुरु भएको छ ।

नेपाल पर्यटन बोर्ड, एसटीएलआरपी परियोजनासंगको साझेदारीमा नेपाल एसोसियसन अफ ¥याफ्टिङ्ग एजेन्सीज (नारा) को आयोजनामा तथा नाथमसँगको सहकार्यमा ४० जना रिभर गाईड तालिम प्रदान गर्न लागिएको बताइएको छ । तालिममा १२ महीला र २८ जना पुरुष गरी ४० जनाको सहभागिता रहेको छ ।
परियोजनाले गत वर्ष अल्पकालीन रोजगारीलाई जोड दिएकोमा अहिले केही नयाँ जनशक्ति थप गर्ने तथा भएको जनशक्तिलाई थप दक्ष बनाउने गरी यस प्रकारका तालिम सञ्चालन गरेको पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय परियोजना संयोजक मणिराज लामिछानेले जानकारी दिए ।
तालिमको उद्घाटनका क्रममा नाथममा विभागिय प्रमुख अजय ढकालले दक्ष रिभर गाइडहरुको माग रहकोले यस तालिमबाट त्यो आवश्यक्ता पूर्ती हुने बताए । उनले नाथमबाट उत्पादित जनशक्तिको बजारमा राम्रो छाप रहेकोले यस तालिमबाट उत्पादित जनशक्तिले समेत त्यो छवीलाई कायम राख्ले विश्वास व्यक्त गरेका थिए । एसटीएरआरपीमा राष्ट्रिय कार्यक्रम व्यवस्थापक ज्ञानेश्वर महतोले पर्यटन क्षेत्रमा देखिएको जनशक्ति अभावलाई पूर्तिगर्न परियोजनाले विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिँदै रिभर गाइडहरुको तालिम पनि त्यसैको निरन्तरता भएको बताए ।
नेपाल एसोसियसन अफ ¥याफ्टिङ्ग एजेन्सीज (नारा) का अध्यक्ष शिव अधिकारीले पर्यटन बोर्ड तथा एसटीएलआरपी परियोजनासँगको सहकार्यमा नाराले यस अघि महिला रिभर गाइडको निशुल्कतालिम सन्चालनमा ल्याएको जानकारी दिँदै यो तालिमबाट थप दक्ष जनशक्ति उत्पादन हुने बताएका थिए ।

एसटीएलआरपी परियोजनाले नेपाल एसोसियसन अफ ¥याफ्टिङ्ग एजेन्सीज (नारा) सँगै नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्ट्स (नाटा) ,टे«किङ एजेन्सिजएशोसिएशन अफ नेपाल (टान), होटल एशोसिएशन नेपाल (हान) तथा विभिन्न गाउँपालिकाहरुको सहकार्यमा अल्पकालीन परियोजना सञ्चालन गरि गतवर्ष करिब ६ हजारजनालाई अल्पकालीन रोजगारी दिएको थियो । असार २४ देखि असार २९ गते सम्म सञ्चालन हुने तालिममा शैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरु गराइने प्रशिक्षक रेवती प्रसाद उपाध्यााले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x