Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

२२ अर्ब ६० करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

२२ अर्ब ६० करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले असार २७ गते अर्थात् आज सोमबार पुनः २२ अर्ब ६० करोड रुपैयाँबराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही असार २० गते पनि राष्ट्र बैंकले १८ अर्ब एक करोड रुपैयाँबराबरकोट्रेजरी बिल बिक्री गरेको थियो ।

राष्ट्र बैंकका अनुसार जारी मिति असार २८ गते मंगलबार तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने उक्त ट्रेजरीहरु क्रमश ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको आठ अर्ब ६० करोड रुपैयाँबराबरको रहेको छ । जसमध्ये ९१ दिने अवधिको २०७९ असोज २५ गते, एक सय ८२ दिने अवधिको २०७९ पुस २६ गते र तीन सय ६४ दिने अवधिको २०८० असार २६ गते परिपक्व हुने अवधि तोकिएको छ । राष्ट्र बैकका अनुसार आज बिक्री हुुने यी ट्रेजरीहरु सबै पुरानो नवीकरणअन्तर्गतका छन् ।

यसअघि अर्थात् गत साता पनि राष्ट्र बैंकले ९१ दिने अवधिको नौ अर्ब १० करोड र तीन सय ६४ दिने अवधिको आठ अर्ब ९१ करोड ६५ लाख रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x