७७ अंकले घट्यो शेयर बजार, २ अर्ब ३२ करोडको कारोबार
काठमाडौं, २७ असार । साताको पहिलो कारोबार दिन सोमवार शेयर बजार ७७.०१ अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ३.८६ प्रतिशतले घटेर १९१५.६१ विन्दुमा आइपुगेको छ ।
सोमवार २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३२ करोड ५६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन सबै उपसूचक घटेका छन्, जसमध्ये व्यापार समूहको उपसूचक सबैभन्दा बढी ५.७८ प्रतिशतले घटेको छ ।