Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

घोराही सिमेन्टको प्रिमियममा सेयर निस्कासनका निम्ति सम्झौता, विक्री प्रबन्धकमा हिमालयन क्यापिटल

घोराही सिमेन्टको प्रिमियममा सेयर निस्कासनका निम्ति सम्झौता, विक्री प्रबन्धकमा हिमालयन क्यापिटल

काठमाडौं, १ साउन । घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेडको ७९.४३ लाख कित्ता सेयर प्रिमियम मूल्यमा निष्काशन गर्नका लागि एक सम्झौता भएको छ । हिमालयन क्यापिटल लिमिटेडले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडसँगको संयुक्त सहकार्यमा घोराही सिमेन्टको सेयर निष्काशन तथा बिक्री प्रवर्द्धनसम्बन्धी सम्झौता गरेको हो ।

एक समारोहकाबीच हिमालयन क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त, नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र घोराही सिमेन्टको तर्फबाट संचालक आदित्य संघाईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

२०६४ सालमा दर्ता भई विसं २०६९ सालदेखि आफ्नै चुनढुंगा खानी मार्फत क्लिंकर उत्पादन गरि व्यवसायिक उत्पादन सुरु गरेको घोराही सिमेन्टले नवीनतम प्रविधि प्रयोग गरि दाङमा सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x