Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

संसदीय छानबिन विशेष समितिद्वारा सीसीटीभी फुटेजमाथि अध्ययन सुरु

संसदीय छानबिन विशेष समितिद्वारा सीसीटीभी फुटेजमाथि अध्ययन सुरु

काठमाडौं, १ साउन । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको अध्ययन सुरु गरेको छ।

शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ मन्त्रालयको मूल गेटदेखिका सीसीटीभीका गतिविधिहरुमा विशेष जोड दिएर अध्ययन गरिरहेको बताएको छ।

समितिका सचिव सुरेन्द्र अर्यालले शनिबार राजश्व विभाग र भन्सार विभागका महानिर्देशक, अर्थ मन्त्रालयका राजश्व सचिव, अर्थसचिवसँग छलफल गरेको हो ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९÷०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिमध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ।

पूर्वअर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x