टाटा विङ्गर बिएस सिक्स अब नेपाली बजारमा
काठमाडौैं, २ साउन । टाटा मोटर्स्को नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले नयाँ टाटा विङ्गर बिएस सिक्स नेपाली बजारमा सार्वजनिक गरेको छ । “प्रिमियम टफ” ढाँचामा तयार परिएको यस गाडी कार्गो कम्पनी, विद्यालय र ट्राभल एजेन्सी लगायतका संस्थाहरुलाई उपयुक्त बताइएको छ । ।
“विङ्गर बिएस सिक्स नयाँ युगका त्यस्ता सू–सुचित ग्राहकहरु तर्फ लक्षित छ जो आकर्षक र आरामदायी गाडी मार्फत आफ्नो व्यापार÷व्यवसायको उन्नति गर्न चाहन्छन्,” कम्पनी स्रोत बताएको छ ।
२.२ लिटरको डाइकोर इन्जिन जडित विङ्गर बिएस सिक्स को टर्क अत्यन्त प्रभावकारी छ । त्यसैगरी इको स्विच एवं गियर सिफ्ट एडभाइजर जस्ता विशेषताले गर्दा यस गाडीले कम इन्धन खपत गरी उत्कृष्ट
कार्यक्षमता प्रदान गर्दछ । हाइड्रोलिक सक एब्जर्बर भएको फ्रन्ट सस्पेन्सन एवं मोनोकक च्यासिस जस्ता विशेषता भएको यो गाडीले सुखद र आरामदायी यात्राको प्रत्याभूति गर्ने बताइएको छ ।
“टाटाका विविध एवं बलिया कमर्शिएल रेञ्जका गाडीहरुलाई नेपाली ग्राहकहरुले लामो समयदेखि उत्साहका साथ रोजिरहेको बताइएको छ ।