Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

विद्युतीय चुल्हो प्रवर्द्धनका लागि जीसीएफको साढे दुई अर्ब अनुदान

विद्युतीय चुल्हो प्रवर्द्धनका लागि जीसीएफको साढे दुई अर्ब अनुदान

काठमाडौं, ३ असार । विद्युतीय चुल्हो प्रवद्र्धनका लागि ऊर्जा, जलस्रोत तथा सिचाईं मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले संयुक्त राष्ट्र संघअन्तर्गतको ग्रिन क्लाइमेट फन्ड (जीसीएफ) बाट दुई करोड ११ लाख २० हजार डलर (करिब दुई अर्ब ५५ करोड रुपैयाँ) अनुदान सहयोग पाउने भएको छ ।


सो अनुदानका लागि दुई निकायबीच सम्झौता भइसकेको केन्द्रका प्रवक्ता नवराज ढकालले बताएका छन् । विशेष गरी नेपालको तराई क्षेत्रमा विद्युतीय चुल्होको प्रवद्र्धन गर्न सम्झौता भएको अर्थ मन्त्रालयले जनाएको छ ।

गत वर्ष नै स्वीकृत भएको यो प्रस्तावअनुासरको कार्यक्रम अब कार्यान्वयनमा हुने भएको छ । करिब १० लाख घरधुरीलाई विद्युतीय चुल्हो दिने कार्यक्रम अन्तरगत पहिलो चरणका लागि सम्झौता भएको हो ।


पहिलो चरणमा करिब ५ लाख घरधुरीले विद्युतीय चुल्हो पाउने छन् । यस अन्तरगत १० हजार बायोग्यास प्लान्ट जडान गर्ने योजना पनि छ । तराई क्षेत्रका नगरपालिका तथा गाउँपालिकाहरुसँग वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सहकार्य गरेर कार्यक्रम कार्यान्वयन गर्ने छ ।
सम्झौतामा नेपाल सरकारका तर्फबाट केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारी र जीसीएफको मिटिगेसन एण्डएडापटेसन डिभिजनका निर्देशक जर्मन भेलास्क्वेजका तर्फबाट भेरोनिका गाल्मेजले हस्ताक्षर गरेका थिए ।

डा. अधिकारीले यो परियोजनाले स्वच्छ इन्धन र खाना पकाउने प्रविधितर्फ सर्ने नेपालको प्रयासलाई टेवा दिने बताए । यो कार्यक्रमबाट ६.५१ मिलियन टन कार्बन घटाउने लक्ष्य रहेको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x