२७ स्थानीय तहमा एनआईसी एशिया बैंकको शाखा

काठमाडौं, ३ जेठ । एनआसी एशिया बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकसँग प्रतिबद्धता जनाएको ३४ वटा स्थानीय तह मध्ये २७ स्थानीय तहमा शाखा कार्यालय संचालनमा ल्याएको छ ।

दुर्गम तथा ग्रामीण क्षेत्रहरुमा समेत आफ्नो पहुँच अभिबृद्धि गर्दै सम्पुर्ण तह तप्काका सर्वसाधारणको बैंकिङ पहुँच पु¥याउने उद्धेश्य अनुसार उक्त शाखा विस्तार गरेको बैंकले जनाएको छ । हाल बैंकले २ सय १० वटा शाखा कार्यालय, २ सय ३ एटिएम, ६ वटा एक्स्टेन्सन काउण्टर, ६ वटा शाखारहित बैंकिङ्ग एवं ५५ सय भन्दा बढि रेमिटेन्स पे आउट एजेन्ट मार्फत आफ्नो सेवा दिदै आएको छ।

त्यस्तै बैंकले करिब १३५ अर्ब निक्षेप रुपैयाँ संकलन गरी करीब ११० अर्ब रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या भने करिब ११ लाख ५० हजार रहेको बताइएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *