Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

पुराना झुत्रा नोट धुल्याउँदा ९० दिनको सिसिटिभी फुटेज अनिवार्य : राष्ट्र बैंक

पुराना झुत्रा नोट धुल्याउँदा ९० दिनको सिसिटिभी फुटेज अनिवार्य : राष्ट्र बैंक

काठमाडौं, ३ असार । नेपाल राष्ट्र बैंकले पुराना भएका झुत्रा नोट धुल्याउँदा ९० दिनको सिसिटिभी फुटेज अनिवार्य गर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले नोट धुल्याउन नियमावली २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।


सो नियमावलीमा झुत्रा नोट धुल्याउने मेसिन वा फर्नेस रहेको स्थानको पर्याप्त कभरेज हनेगरी कम्तीमा ९० दिनको दृष्यको अभिलेख सुरक्षित राख्ने सीसीटीभी क्यामेराको व्यवस्था अनिवार्य गर्नुपर्ने उल्लेख छ ।


यस्तै नियमावलीमा धुल्याइने नोटको थान गन्ती गरी लगत खडा गरी राख्नु पर्ने उल्लेख छ भने रोडिङ तथा ब्रिकेटिङ गर्ने प्रयोजनका लागि छुट्याइएका पाँच सय र एक हजार दरका नोट शतप्रतिशत पुनः गन्ती गरी मात्रै धुल्याउनु पर्नेसमेत उल्लेख गरिएको छ । नोट धुल्याउनका लागि एउटा समिति गठन गर्नुपर्ने र नोट धुल्याउने क्रममा समितिका पदाधिकारीको नाम, थर, पद र कर्मचारीको कोड नम्बरसहित छुट्टै माइन्युट तयार गरी राख्नु पर्नेसमेत व्यवस्था गरिएको थियो ।


यसअघि राष्ट्र बैंकको नोट धुल्याउने ठाउँबाट नै नोट चोरिएको सीसीटिभी फुटेजपनि सार्वजनिक भएको थियो। यस्तै सो नियमावली जारी भएपछी अव नोट बालेर ब्रिगेट बनाउने बाटो पनि खुलेको छ । अब राष्ट्र बैंकले नोटहरु बालेर बनेको ब्रिगेटबाट पैसा कमाउनेसमेत भएको छ ।

राष्ट्र बैंकले नेदरल्यान्डबाट ल्याएको प्रविधिको प्रयोगबाट ब्रिगेट बनाउनेछ भने सो ब्रिगेट सर्वसाधारणलाई समेत बेच्नेछ । फागुन २०७८ मै विराटनगरमा नोट जलाएर ब्रिगेट बनाउने मेसिनको शुभारम्भ भएपनि नियमावली नहुँदा सो काम रोकिएको थियो । अब नियमावली तयार भएर कार्यान्वयनमा गएसँगै झुत्रा नोटबाट ब्रिगेट बनाउने बाटो खुलेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x