Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

नेप्से १६.२० अंकले उकालो, २ अर्ब २९ करोड बढीको कारोबार

नेप्से १६.२० अंकले उकालो, २ अर्ब २९ करोड बढीको कारोबार

काठमाडौं, ३ साउन । यस साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजार उकालो लागेको छ ।


यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक १६.२० अंकले बढेर २०४५.६३ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.८० प्रतिशतले बढी हो ।


मंगलबार २१३ कम्पनीको ५७ लाख १३ हजार रुपैयाँको शेयर किनबेच हुँदा २ अर्ब २९ करोड ९३ लाख १६ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


ठुला कम्पनिको उपसूचक २.८० अंकले बढेर ३९१.५६ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.७२ प्रतिशतले बढी हो ।


यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन सबै समूहका कम्पनीको कारोबार बढेको छ । आज सबै भन्दा धेरै माइक्रो फाइनान्स समूहका कम्पनीको कारोबार ८२.८३ अंकले बढेर ४५४९.५८ अंकमा पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x