सुनको मूल्य २ सयले बढ्यो
काठमाडौं, ४ साउन । यस साताको चौंथो कारोबार दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ ।
मंगलबारको तुलनामा यस दिन छापावाला सुन प्रतितोला २ सयले बढेको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले बढेर कारोबार भएको छ ।
यस्तै मंगलबार छापावाला सुन प्रतितोला ९३ हजार ८ सय र चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज साताको चौंथो दिन बुधबार सुनको मूल्य बढेर प्रतितोला ९४ हजार र चाँदीको बढेर प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।