Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

मुक्तिनाथ विकास बैंक “द बिज अवार्ड २०२२” बाट सम्मानित

मुक्तिनाथ विकास बैंक “द बिज अवार्ड २०२२” बाट सम्मानित

काठमाडौं, ४ साउन । मुक्तिनाथ विकास बैंक लि. “द बिज अवार्ड २०२२” बाट सम्मानित भएको छ ।

वर्ल्ड कन्फिडेरेशन अफ बिजनेश वर्ल्डकब द्वारा आयोजना गरिएको सबैभन्दा महत्वपूर्ण बिजनेश एक्सीलेन्स् अवार्ड ईन द वर्ल्ड “ द बिज अवार्ड २०२२” द्वारा विभिन्न ६ विधाहरु (व्यापारमा उत्कृष्टता, व्यापारमा अबल नेतृत्व, सेवाको गुणस्तर, सेवामा श्रृजनात्मक अभ्यास आदि)मा मुल्याङ्कन गरी उक्त संगठनबाट मुक्तिनाथ विकास बैंक सम्मानित भएको हो ।

सो कार्यक्रमका आयोजनाकर्ता विश्वभरीका १ सय ३० वटा देशहरुका ३ हजार ५ सय भन्दा बढी व्यापार सदस्यहरुको प्रतिनिधित्व गर्दै आएको छ ।

मुक्तिनाथ विकास बैंकलाई सोही क्रममा “बिजनेस एक्सिलेन्स सर्टिफिकेट” द्वारा र यस बैंकमा प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेललाई पनि “बिजनेश एक्सिलेन्स सर्टिफिकेट” वर्ल्डकबले सम्मानित गरेको हो । यस सम्मानले बैंकलाई भविष्यमा आफ्नो व्यापार प्रणालीमा अझ थप रणनीति बनाउन र ग्राहकहरुका लागि नविनतम सेवाहरु ल्याउन उत्साहित बनाएको बैंकले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x