नेप्से ४४.८० अंकले ओरालो
काठमाडौं, १० साउन । यस साताको तेस्रो कारोबार दिन मंगलबार शेयरबजार ओरालो लागेको छ ।
यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ४४.८० अंकले घटेर २०८८.१६ अंकमा पुगेको छ ।
मंगलबार २२२ कम्पनीको ८७ लाख ४० हजार रुपैयाँको शेयर किनबेच हुँदा ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
ठुला कम्पनिको उपसूचक ८.९९ अंकले घटेर ३९८.३९ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा २.२१ प्रतिशतले बढी हो ।
यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन सबै समूहका कम्पनीको कारोबार घटेको छ मंगलबार आज सबै भन्दा धेरै जिवन बीमा समुहका कम्पनीको कारोबार १३३.७१ अंकले घटेको छ ।