Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

आयल निगमलाई निजीकरण गरिँदैन : मन्त्री बडू

आयल निगमलाई निजीकरण गरिँदैन : मन्त्री बडू

काठमाडौं, १५ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थ आयातको एकाधिकार पाएको नेपाल आयल निगमलाई निजीकरण नगरिने दोहोर्‍याएका छन्।

शनिबार काठमाडौैमा आयोजित नेपाल एलपी ग्यास उद्योग संघको २७औँ वार्षिक साधारणसभामा उनले भने, ‘निगमले निजी क्षेत्रको सहयोगमा नै नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति गरिरहको छ, निगमलाई निजीकरण गरिँदैन।’

सरकारले जनताप्रतिको दायित्व र जिम्मेवारीवोध गरेर पेट्रोलियम पदार्थमा लगाइँदै आइएको कर घटाइएको जनाउँदै उनले निगमको सञ्चित नोक्सानी कम गर्न अनावश्यक खर्च कटौतीका साथै निगममा सुधारको खाँचो औँल्याए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x