Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

ह्वात्तै बढ्यो वैदेशिक रोजगारीमा जानेको संख्या

ह्वात्तै बढ्यो वैदेशिक रोजगारीमा जानेको संख्या

काठमाडौं, १५ साउन । पछिल्लो दुई आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा विदेश जाने युवाको संख्या ह्वात्तै बढेको वैदेशिक रोजगार विभागले बताएको छ । गतवर्ष विदेश जान ६ लाख जना बढी युवाले श्रम स्वीकृति लिएका छन्, जसमा नयाँ श्रम स्वीकृति लिने तीन लाख ४७ हजार पाँच सय चार जना र पुनः श्रम स्वीकृति लिने छ लाख २८ हजार पाँच सय तीन जना छन् ।
यस्तै आर्थिक वर्ष २०७७÷०७८ मा नयाँ श्रम स्वीकृति लिनेको संख्या ७२ हजार ८१ जना र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ६६ हजार छ सय ९८ जना र आर्थिक वर्ष २०७६÷०७७ मा नयाँ श्रम स्वीकृति लिनेको संख्या एक लाख ९० हजार चार सय ५३ जना र पुनः श्रम स्वीकृति लिनेको संख्या तीन लाख ६८ हजार चार सय ३३ जना छ ।

आर्थिक वर्ष २०७५÷०७६ मा नयाँ श्रम स्वीकृति लिनेको संख्या दुई लाख ३६ हजार दुई सय ११ जना र पुनः श्रम स्वीकृति लिनेको संख्या पाँच लाख आठ हजार आठ सय २८ जना छ । आर्थिक वर्ष २०७४÷०७५ मा नयाँ श्रम स्वीकृति लिनेको संख्या तीन लाख ५४ हजार ८२ जना र पनुः श्रम स्वीकृति लिनेको संख्या छ लाख १२ हजार छ सय ८५ जना रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x