Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

माघदेखि सञ्चालनमा आउने तयारी लुम्बिनी केबलकार

माघदेखि सञ्चालनमा आउने तयारी लुम्बिनी केबलकार

काठमाडौं, १६ साउन । रुपन्देहीको बमघाटदेखि पाल्पाको बसन्तपुर डाँडा जोड्ने निर्माणाधीन लुम्बिनी केबलकार आगामी माघदेखि सञ्चालनमा आउने भएको छ । लुम्बिनी केबलकार प्राइभेट लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्माणाधीन केबलकार आगामी पुसभित्र सम्पन्न हुने र १ माघदेखि सञ्चालनमा आउने जानकारी दिए ।

कम्पनीको विशेष साधारण सभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ढकालले केबलकारको तल्लो स्टेशनसम्म पुग्ने करिब ४०० मिटर पहुँचमार्गको निर्माण कार्य सम्पन्न भइसकेको बताए । तल्लो स्टेशनको सब–इस्ट्रक्चरको निर्माण कार्य करिब सम्पन्न भई सुपर स्ट्रक्चरको कार्य र साइट डेभलपमेन्टको काम अगाडि बढिरहेको उनले बताए । नौ वटा टावरमध्ये ८ वटा टावरको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको र बाँकी रहेको टावरको कार्य धमाधम भइरहेको उनले बताए ।

माथिल्लो स्टेशनमा सव–इस्ट्रक्चरको कार्य अन्तिम चरणमा रहेको र केबलकारको उपकरण तथा पार्टपुर्जाहरुको आयात गर्ने काम अगाडि बढेको ढकालले बताए ।

बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुनेछन् ।

१ फागुन २०७७ मा निर्माणाधीन केबलकारको शिलान्यास भएको थियो । बुटवल उपमहानगरपालिकाको बमघाटदेखि पाल्पाको तिनाहुँ गाउँपालिकास्थित बसन्तपुर डाँडा जोड्ने यो केबलकारको लम्बाइ करिब तीन किलोमिटर हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x