Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेप्से ४ अर्ब ६७ करोड बढीको कारोबार, १.९ अंकले उकालो

नेप्से ४ अर्ब ६७ करोड बढीको कारोबार, १.९ अंकले उकालो

काठमाडौं, १६ साउन । यस साताको दोस्रो कारोबार दिन सोमबार शेयर कारोबार सामान्य अंकले उकालो लागेको छ ।


यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक १.०९ अंकले बढेर २१९६.१९ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.०५ प्रतिशतले बढी हो ।


सोमबार २१७ कम्पनीको १ करोड ५ लाख १८ हजार रुपैयाँको शेयर किनबेच हुँदा ४ अर्ब ६७ करोड ७ लाख ९८हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


ठुला कम्पनिको उपसूचक भने १.९७ अंकले बढेर ४२१.१७ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.४७ प्रतिशतले बढी हो ।


यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन ५ समूहका कम्पनीको कारोबार बढेको छ भने ८ समूहका कम्पनीको कारोबार घटेको छ । आज सबै भन्दा धेरै उत्पादन समूहका कम्पनीको कारोबार १०९.१८ अंकले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x