Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

१४८ म्यानपावरलाई ५० हजारका दरले जरिवाना

१४८ म्यानपावरलाई ५० हजारका दरले जरिवाना

काठमाडौं, १७ साउन । वैदेशिक रोजगार विभागले विज्ञापन प्रकाशन नगर्ने इजाजतपत्रवाला १४८ संस्थालाई जरिवाना गराएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको निर्देशनमा वैदेशिक रोजगार विभागले विज्ञापन प्रकाशन नगर्ने ती म्यानपावरहरु कारबाही गरेकाे हाे।

राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नका लागि विभागबाट पूर्वस्वीकृति लिई विज्ञापन प्रकाशन नगर्ने १ सय ४८ संस्थालाई ५० हजार रुपैयाँका दरले जरिवाना गराएको हो। जसबाट ७४ लाख जरिवाना रकम संकलन गरिएको विभागले जनाएको छ। साउन ३ र ४ गते विज्ञापन प्रकाशनका लागि अनुमति लिएर पनि विज्ञापन प्रकाशन नगरेकाले उनीहरुलाई वैदेशिक रोजगार ऐन २०६४ को दफा ४९ बमोजिम जरिवाना गराएको विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए।

उनीहरुले विज्ञापन प्रकाशन गरे नगरेकोबारे विभागले करिब एक महिना लगाएर अनुगमन गरेको महानिर्देशक पौडेललेले बताए। संस्थाले विज्ञापन प्रकाशनका नाममा ऐनको दफा ४९ उल्लङघन गरेको विभागको ठहर छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x