Date

आइत, बैशाख २३, २०८१
Sun, May 5, 2024

नेप्से करिब ३ अंकले ओरालो, ३ अर्ब २९ करोड बढीको कारोबार

नेप्से करिब ३ अंकले ओरालो, ३ अर्ब २९ करोड बढीको कारोबार

काठमाडौं, १७ साउन । यस साताको दोस्रो कारोबार दिन सोमबार शेयर कारोबार ओरालो लागेको छ ।


यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक २.८१ अंकले घटेर २१९३.४३ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.१३ प्रतिशतले बढी हो ।


सोमबार २१७ कम्पनीको ७८ लाख १३ हजार रुपैयाँको शेयर किनबेच हुँदा ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । ठुला कम्पनिको उपसूचक ०.०१ अंकले घटेर ४२१.१३ अंकमा पुगेको छ ।


यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन ६ समूहका कम्पनीको कारोबार बढेको छ भने ७ समूहका कम्पनीको कारोबार घटेको छ । आज सबै भन्दा धेरै माइक्रोफाइनान्स समूहका कम्पनीको कारोबार बढेको छ र जिवन बीमा समूहका कम्पनीको कारोबार घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x