Shangrila

१० अर्बको उधारो उखुको पैंसा तिर्न चिनी मिलका साहुजीको अनाकानी

काठमाडौं, ६ जेठ । मुलुकमा संचालन भएका १२ बटा चिनी मिलले किसानलाई तिर्न बाकि झण्डै १० अर्ब उधारो उखुको पैसा भुक्तानीका लागि आलटाल गरेका छन् । उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मात्रिका यादवले उद्योगीहरुलाई समय तालिका बनाएर किसानको रकम भुक्तानी गर्न निर्देशन दिएपनि कतिपय उद्योगीहरुले किसानको उधारो उखुको मुल्य तिर्न अझैं चासो देखाएका छैनन् ।

किसानको भुक्तानी अटेर गर्नेमा एभरेस्ट चिनी मिल अगाडी रहेको छ । सो मिलले १ अर्ब ४० करोड भुक्तानी गर्न बाकि छ । उसले अहिले सम्म जम्मा२५ प्रतिशतको हाराहारीमा मात्र भुक्तानी गरेको र बाकि भुक्तानीको लागि अटेर गरिरहेको किसानहरु बताउछन् । यसै गरि इन्दुशंकर सुगर मिलले १ अर्ब ३० करोड, रिलायन्स सुगर मिलले १ अर्ब श्रीरम सुगर मिलले ६८ करोड, अन्नपूर्ण इस्टर्न सुगर मिलले ५० करोड चिनी मिलले ३५ करोड उखुको पैसा किसानलाइ भुक्तानी गर्न बाँकी छ ।

मन्त्री यादवको दवाव पछि समय तालिका बनाएर भुक्तानी दिन मिल मालिकहरु सहमत भएपनि अधिकाँसले भुक्तानीका लागि आलटाल गरिरहेको र भुक्तानी गर्न सुरु गरेकाहरुले भुक्तानी गर्नुपर्ने रकममा आफ्ना नजिका र मालिकसँग झगडा गर्न सक्ने किसानलाइ पहिलो प्राथामिकतामा राखेर भुक्तानी गरेको नेपाल उखु उत्पादक संघका अधिकारीले बताएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *