Date

सोम, भदौ ९, २०८२
Mon, August 25, 2025

भदौ २ देखि ६ सम्म महिला उद्यमीहरुको छैटौं व्यापार मेला २०२२ हुँदै

भदौ २ देखि ६ सम्म महिला उद्यमीहरुको  छैटौं व्यापार मेला २०२२ हुँदै

काठमाडौं, २२ साउन । महिला उद्यमी महासंघ नेपालले हेरिटेज गार्डेन सानेपामा आगामी भदौ २ गते देखि ६ गते सम्म छैटौं इन्टरनेशनल वमेन्स ट्रेड एक्सपो २०२२ आयोजना गर्ने भएको छ । आइतबार काठमाडौंको होटल ¥याडीसनमा पत्रकार सम्मेलन गर्दै सो जानकारी गराएको हो ।
सो एक्सपोको समुद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने बताइएको छ । व्यापार मेला मार्फत नेपाली महिला उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रेताहरु माझ प्रर्वद्धन, विक्रि वितरण तथा सञ्जालिकरण गर्न सुनौलो अवसर प्राप्त हुने बताइएको छ ।
यस मेलामा अन्तराष्ट्रिय महिला उद्यमीहरुको सहभागिता रहनुका साथै अन्तराष्ट्रिय व्यसायीहरुको संजाल निर्माण हुने विश्वास व्यक्त गरिएको छ ।

यस्तै बिल्डीङ्ग अ सस्टेनेवल विजनेश टु इम्पावर वोमन शीर्षकको एकदिवसीय गोष्ठीकोे आयोजना गर्ने बताइएको छ ।


महिला उद्यमीहरुबाट उत्पादित सामानहरु प्रदर्शनीमा राखिने सो मेलामा १०६ वटा स्टल रहने छन् भने विभिन्न जिल्लामा उत्पादित प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामानहरु, हाते कागजहरु, पष्प सामाग्रीहरु, जडिबुटीहरु, जैविक खाद्य पदार्थ सामान लगाएत विभिन्न सेवा प्रदाएक संस्थाका स्टलहरु रहने मेला संयोजक सोभा ज्ञावलीले बताइन

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *