Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

चन्द्रागिरी नगरपालिकाको कर अब आइएमई पे बाट भुक्तानी गर्न सकिने

चन्द्रागिरी नगरपालिकाको कर अब आइएमई पे बाट भुक्तानी गर्न सकिने

काठमाडौं, २४ साउन । चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पे बाट सजिलै भुक्तानी गर्न सकिने भएको छ ।

गत आइतबार नगरपालिकाले भुक्तानी सेवा प्रदायकहरुलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी इ पेमेन्ट सेवा शुभारम्भ गरेसँगै नगरपालिकाका सेवाग्राहीहरुले आइएमई पे एप डाउनलोड गरी आइएमई पे एप मार्फत अथवा नगरपालिकाको वेब पोर्टलमा गएर आइएमई पे मार्फत घर बहाल कर, सम्पति कर र व्यवसायिक कर तिर्न भुक्तान गर्न सकिने बताइएको हो ।


नगरपालिकाले एक विशेष कार्यक्रमको आयोजना गरी विद्युतीय कर भुक्तानी इ पेमेन्ट सेवा शुरु गरेको हो । उक्त कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले विज्ञान प्रविधिको युगमा नगरपालिकाले शुरु गरेको विद्युतीय कर भुक्तानी इ पेमेन्ट सेवाले आम सेवाग्राहीहरुलाई नगरपालिकाको कर भुक्तानी गर्न सजिलो मात्र नभई संसाधनको समेत बचत हुने र नगरपालिका र वडाहरुमा सेवाग्राहीहरुको चाप पनि कम हुने बताउँदै सबै वडाका प्रतिनिधि तथा कर्मचारीहरु यो सेवाको प्रवद्र्घन गर्न लागि पर्नु पर्ने बताएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x