Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

विद्युत् प्राधिकरणको नाफा १६ अर्ब

विद्युत् प्राधिकरणको नाफा १६ अर्ब

काठमाडौं, २६ साउन । कुनै समय सञ्चित घाटा ३२ अर्ब बराबर पुगेको नेपाल विद्युत् प्राधिकरणले नाफामा वृद्धि गर्न सफल भएकल छ । पछिल्लो पटक प्राधिकरणको वार्षिक नाफा करिब १६४ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष (आव) २०७७/७८ मा छ अर्ब १० करोड रुपैयाँ खुद नाफामा सीमित भएको प्राधिकरणले आव २०७८/७९ मा नाफालाई बढाएर १६ अर्ब नौ करोड रुपैयाँ बराबर पुग्ने प्रक्षेपण गरेको छ ।

प्राधिकरणको आव २०७८÷७९ को वित्तीय विवरण (अपरिष्कृत) अनुसार वार्षिक आम्दानी एक खर्ब रुपैयाँ नाघेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । योसँगै सार्वजनिक संस्थाहरुमध्ये सबैभन्दा बढी आम्दानी भएको र नाफा आर्जन गर्ने संस्थाका रुपमा प्राधिकरण स्थापित भएको छ ।

आव २०७२÷७३ मा आठ अर्ब ८९ करोड घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ । आव २०७३/७४ मा एक अर्ब ५० करोड नाफा कमाउँदै प्राधिकरणले नाफालाई आव २०७६/७७ मा ११ अर्ब ७५ करोड पु-याएको थियो । तर, आव २०७७/७८ मा भने घटेर छ अर्ब १० करोड रुपैयाँमा झरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x