Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

प्रभु क्यापिटलको जनचेतनामूलक भिडिओ ‘आशा’ सार्वजनिक

प्रभु क्यापिटलको जनचेतनामूलक भिडिओ ‘आशा’ सार्वजनिक

काठमाडौं, २५ साउन । प्रभु क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर ‘होस्टे हैँसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा जनचेतनामूलक भिडिओ सार्वजनिक गरेको छ। 

विभिन्न जिल्लाहरुमा शिक्षाको पहुँचबाट वञ्चित रहेका विद्यार्थीहरुलाई ‘हजुरको छोराछोरीको लागि लगानीसँगै शिक्षाबाट वञ्चित बालबालिकालाई सहयोग’  भन्ने मूल नारासहित शिक्षाको पहुँचबाट कोही पनि वञ्चित नरहून् भन्ने उद्देश्यका साथसहित बालदिवसको शुभ अवसर पारेर प्रभु लिटल च्याम्पियन्स योजना सुरु गरेको छ।

यसै विषयलाई लिएर हाल प्रभु क्यापिटलले ‘आशा’ नामको जनचेतनामूलक भिडिओ सावर्जनिक गरेको जनाएको छ। यस भिडियोमा मुख्य पात्र आशा जस्तै कैयौं लगानीकताहरुले, जसले प्रभु क्यापिटलको पीएमएसबाट सेयर बजारमा लगानी गरिरहेका कारणले थुप्रै बालबालिकाहरुले पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेका छन्। 

प्रभु क्यापिटलले यो संख्या दिनप्रतिदिन थपिदै गएको जानकारी दिएको छ। यस भिडियोमा व्यवसायसँगै संस्थागतरुपमा समाजमा आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले शुरुवात गरेको प्रभु क्यापिटलले यो योजनामा जोडिएर व्यक्तिले आफ्नो छोराछोरीको उज्जवल भविष्यका साथ सामाजिक कार्यमा सहयोगी बन्न सक्नुहुनेछ भन्ने जानकारी दिएको छ।

प्रभु क्यापिटलको यो लिटिल च्याम्प पीएमएस भर्खरै जन्मिएका बच्चादेखि १८ वर्षसम्मका छोरा÷छोरीहरुको सुरक्षित भविष्यको लागि सुरु गरेको हो जसमा नानीबाबुहरु पिएमएस सेवा लिनको लागि जोडिएपश्चात् क्यापिटलले एक पिएमएस वापत १ जना गरीब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्नेछ। 
 
प्रभु क्यापिटलको नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपाल अधिराज्यभर रहेको शाखाका साथै प्रभु क्यापिटलको डिजिटल एपबाट समेत यो योजनामा सहभागी हुन सकिनेछ। 

यसरी सहभागी भएका सेवाग्राहीहरुले आफ्नो लगानी व्यवस्थापन के कसरी भइराखेको छ भनेर अनलाइनबाटै दैनिक हेर्ने व्यवस्था मिलाउनुका साथै साप्ताहिक रुपमा दिइएको इमेलमा साप्ताहिक प्रतिवेदन प्राप्त गरी लगानीको अवस्था हेर्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ। 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x