Date

शनि, बैशाख २२, २०८१
Sat, May 4, 2024

लगानी बोर्डको पञ्चवर्षीय रणनीतिक योजना लागू

लगानी बोर्डको पञ्चवर्षीय रणनीतिक योजना लागू

काठमाडौं, २६ साउन । लगानी बोर्डले आर्थिक वर्ष (आव) २०७८÷७९ मा १ खर्ब २२ अर्ब रुपैयाँभन्दा बढी लगानी स्वीकृत भएको व्यावसायिक योजनासहितको पञ्चवर्षीय रणनीतिक योजना स्वीकृत गरी लागू गरेको छ । सोही वर्ष बोर्डको परियोजना बैंकसम्बन्धी मार्गदर्शन र परियोजनाको अनुगमनसम्बन्धी ड्यासबोर्डसमेत तयार भएको बोर्डले बुधवार प्रधानमन्त्रीसमक्ष आव २०७८÷७९ को प्रतिवेदन पेश गरेपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले प्रतिवेदन प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष शेरबहादुर देउवालाई बुझाएका हुन् ।

त्यसैगरी पश्चिम सेती तथा सेती नदी–६ संयुक्त जलविद्युत् परियोजनाको विकास ढाँचासम्बन्धी अध्ययन कार्य सम्पन्न भएको, माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापनको म्याद थपसम्बन्धी अध्ययन सकिएको र नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न उपलब्ध प्रविधिको तुलनात्मक विश्लेषणसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको बोर्डको भनाइ छ ।

प्रधानमन्त्री र सीईओ भट्टबीच २०७८ साउन ३२ गते आव २०७८÷७९ का लागि ४२ ओटा क्रियाकलापमा समयसारिणी सहितको मापनयोग्य सूचकका आधारमा कार्यसम्पादन करार भएको थियो । बोर्डका चार प्रमुख रणनीतिक खम्बा– परियोजना विकास र व्यवस्थापन, लगानी प्रवर्द्धन, संस्थागत विकास तथा समन्वय, सहकार्य र साझेदारी– मा केन्द्रित रहेर प्रधानमन्त्री र सीईओबीच करार भएको र तोकिएअनुसारका सम्पूर्ण सूचक पूरा भई शतप्रतिशत उपलब्धि प्राप्त भएको बोर्डले जानकारी दिएको छ ।

लगानी बोर्डलाई सूचना प्रविधिमैत्री बनाउन परियोजना बैंक व्यवस्थापन सूचना प्रणाली (पीबीएमआईएस), वान स्टप सर्भिस (ओएसएस) जस्ता प्रणालीको विकास भएको पनि बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x