नेप्से करिब ५६ अंकले उकालो, २ अर्ब ४३ करोड बढीको कारोबार
काठमाडौं, ३० साउन । यस साताको दोस्रो कारोबार दिन सोमबार शेयर कारोबार उकालो लागेको छ ।
यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ५५.८५ अंकले बढेर २०६५.८६ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा २.७८ प्रतिशतले बढी हो ।
सोमबार २१५ कम्पनीको ६० लाख २६ हजार बढी कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४३ करोड २९ लाख ८४ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
ठुला कम्पनिको उपसूचक ११.२२ अंकले बढेर ३९८.१३ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा २.९० प्रतिशतले बढी हो ।
यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन सबै समूहका कम्पनीको कारोबार बढेको भने छ आज सबै भन्दा धेरै र्निजिवन बिमा समूहका कम्पनीको कारोबार २५४.१९ अंकले बढेर ८३१०.२९ अंकमा पुगेको छ ।