सरकारको नीति तथा कार्यक्रम सार्वजनीक

काठमाडौं, ७ जेठ । सरकारले आर्थिक बर्ष २०७५।०७६ को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुदैछ । अप्रहान्न ४ बजे बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति कार्यक्रम सार्वजनिक गर्दै छिन् ।

नीति तथ कार्यक्रममा मुख्यतया तत्कालीन एमाले र माओवादी केन्द्रको बाम गठवन्धले निर्वाचनमा जनतामाझ लगेको घोषणापत्रका प्रतिवद्धताको कार्यन्वयमा जोड दिने गरी कार्यक्रम ल्याइएको छ । संसदमा नीति कार्यक्रम पेश गरिएसँगै राष्ट्रिय सभा प्रतिनिधि सभाको छुटा छुटै बैठक बस्ने छ र दुवै बैठकले । राष्ट्रपतिको संवोधनप्रति धन्यावाद दिने कार्यसूची तय गरेको छ । बजेट आउनु पुर्व आगामी बजेट कस्तो रहने बजेटमा कस्ता कार्यक्रमहरु समावेश हुने राज्यले के कस्तो नीति अवलम्वन गर्ने र समृद्ध नेपालको योजना पुरा गर्ने भन्ने विषयको मार्ग दर्शनका रुपमा सरकारले संसदमा नीति तथा कार्यक्रम पेश गर्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *