Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

बीमा सहित सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्याइने

बीमा सहित सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्याइने

काठमाडौं, ७ जेठ । सरकारले सामाजिक सुरक्षा भत्तालाइ बीमा सँग जोडेर ५ हजार पुर्याउने तयारी गरेको छ । निर्वाचनको समयमा घोषणापत्रमा लेखिएको प्रतिवद्धताका कारण अप्ठायारोमा परेका अर्थमन्त्री सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्याउन नयाँ जुक्ती निकालेका छन् । सुरक्षा भत्तामा ५ सय वृद्धि गर्ने र २५ गराउने र सुरक्षा भत्ता लिने समुहका नागरिकहरुलाई २५०० बरावरको सरकारले स्वास्थ्य बीमा निशुल्क गरदिने गरि बजेट ल्याउने गृहकार्यमा अर्थमन्त्री रहेका छन् ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त रुपमा तयार पारेको चुनावी घोषणापत्रमा सामाजिक सुरक्षा भत्ता मासिक ५ हजार रुपैयाँ पुर्याइने प्रतिवद्धता गरिएको थियो । तर यति वेला सरकार भत्ता वृद्धिको विषय भन्दा पनि नीति तथा कार्यक्रममा ‘सामाजिक सुरक्षा प्रणालीलाई एकिकृत ढाँचा कार्यान्वयनमा ल्याउने गरि नीति कार्यक्रम ल्याउने तयारीमा जुटेको छ ।

तत्काली एमाले प्रधानमन्त्री मनमोहन अधिकारीको पालमा २०५१ सालबाट सुरु गरिएको बृद्ध भत्ता डा बाबुराम भट्टराइ अर्थमन्त्री हुँदा ५ सय पुर्याइएको थियो । त्यसपछि कांग्रेसका तर्फबाट अर्थमन्त्री भएका डा. रामशरण महतले ५०० रुपैयाँको सामाजिक सुरक्षा भत्तालाई १००० रुपैयाँ पुर्याएका थिए। त्यसको अर्को बर्षनै एमालेका तर्फबाट अर्थमन्त्री भएका विष्णु पौडेलले २००० रुपैयाँ पुर्याएका थिए। त्यसपछि चुनावमा एमाले र माओवादीले सामाजिक सुरक्षा भत्ता ५००० रुपैयाँ पुर्याउने वाचा गरेका थिए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x