गरिमा क्यापिटलको कार्यालय स्थानान्तरण

काठमाडौं, १ भदौ । गरिमा क्यापिटल लिमिटेड (साविक के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड) को कार्यालय सरेको छ। 

साविक काठमाडौँ महानगरपालिका–१, हात्तीसारबाट कमलपोखरीस्थित (सिटी सेन्टरको अगाडी (विपरित दिशा) भवनको दोस्रो तल्लामा स्थानान्तरण भई साउन ३० देखि सेवा सञ्चालन गरिएको कम्पनीले जानकारी दिएको छ।

गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो।यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य डिम्याट तथा मेरो शेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएकोमा अब निकट भविष्यमा नै आवश्यक अनुमतिपत्र प्राप्त गरी मर्चेन्ट बैंकरले प्रदान गर्न सक्ने अन्य सम्पूर्ण सेवाहरु (जस्तैः निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, संस्थागत परामर्श, सामूहिक लगानी कोष, प्राइभेट इक्विटी फण्ड, भेन्चर क्यापिटल फण्ड, हेज फण्ड लगायत अन्य फण्डहरुको व्यवस्थापन सम्बन्धी सेवाहरु) प्रदान गर्ने जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *