Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सुनको मूल्य प्रतितोला पाँच सयले घट्यो

सुनको मूल्य प्रतितोला पाँच सयले घट्यो

काठमाडौं, १ भदौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार दुई सय तोकिएको छ । मंगलबार प्रतितोला ९६ हजार सात सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला पाँच सयले घटेको हो  ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला ९५ हजार सात सयमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला ९६ हजार दुई सय थियो ।     

त्यस्तै आज चाँदीको मूल्य हिजोको कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार दुई सय १० रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ । 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x