Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेपाल बैंकका अध्यक्ष ज्ञवालीले लिए सपथ

नेपाल बैंकका अध्यक्ष ज्ञवालीले लिए सपथ

काठमाडौं, १ साउन । नेपाल बैंकको अध्यक्षमा नियुक्त भएका गंगाप्रसाद ज्ञवालीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बाट पद तथा गोपनियताको सपथ लिएका छन् ।
बैंकको सञ्चालक समितिको श्रावण २३ गतेको बैठकले सञ्चालक समिति अध्यक्षमा ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

उक्त अवसरमा गभर्नर अधिकारीले पछिल्ला वर्षहरुमा नेपाल बैंकको वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको र आगामी दिनमा समेत बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको पालना, संस्थागत सुशासनमा सुधार तथा समग्र वित्तीय क्षेत्रको स्थायित्व कायम गर्नमा थप भूमिका निर्वाह गर्नुपर्ने बताए ।
अध्यक्ष ज्ञवालीले बैंकलाई आफूले सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकको पछिल्लो वित्तीय अवस्थाको संक्षिप्त विवरण तथा पुराना खराब कर्जा असुलीका लागि बैंकले गरेका प्रयासहरुको जानकारी गराएका थिए ।

सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय डा। नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्तिनाथ सापकोटा, नेपाल बैंक लिमिटेड सञ्चालक समितिका सदस्यहरु डा। सावित्री रञ्जित श्रेष्ठ, विवेकशमशेर जबरा तथा बैंकका कम्पनी सचिवलगायतको उपस्थिति थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x