Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

एनएमबि बैंकद्वारा महिला शशक्तिकरणका लागि अन्तरक्रिया कार्यक्रम

एनएमबि बैंकद्वारा महिला शशक्तिकरणका लागि अन्तरक्रिया कार्यक्रम

काठमाडौं, ६ भदौ । एनएमबि बैंकले महिला शशक्तिकरणमा सक्रिय भएर कार्य गर्दै आईरहेका विभिन्न ४ क्षेत्रका महिलाहरुको अनुभव साटने अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।


सो अन्तरक्रिया कार्यक्रममा एफएनसीसीआइकी पूर्व अध्यक्ष भवानी राणा, एनएमबि बैंककी पहिलो महिला ब्रान्च म्यानेजर प्रनिशा श्रेष्ठ, द्वारिका होटलकी अध्यक्ष अम्बिका श्रेष्ठ र पत्रकार चारु चढाले आफुले काम गर्ने क्रममा भोगेका समस्या, प्राप्त गरेका सफलता र कसरी महिला अगाडी बढ्न सक्छन् भन्ने कुरा व्यक्त गरेका थिए ।


महिला अगाडी बढ्न महिलाको आफ्नो क्षमता वृद्वि, विश्वास, आत्मविश्वास र क्यापासिटी हुनुपर्ने द्वारिका होटलकी अध्यक्ष अम्बिका श्रेष्ठले बताइन । अन्य सहभागीले समेत सोे कुराको समर्थन गरेका थिए । यस्तै आफु क्यापेबल भए महिलालाई कोटा सिस्टम समेत नचाहिने उनले बताइन् ।


साथै बैंकले सो अवसरमा ७ वटा प्रदेशको ६ वटा शाखामा एक- एक जना महिला ब्रान्च म्यानेजर राखेर काम गर्ने र अब ति ब्रान्चका सम्पुर्ण टिमनै महिला राखेर काम गर्ने बैंकका सिइओ सुनिल के सीले बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x