Date

आइत, बैशाख २३, २०८१
Sun, May 5, 2024

नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठक हुँदै

नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठक हुँदै

काठमाडौं, ७ भदौ । नेपाल र बङ्गलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्ने गरी बुधबारदेखि दुई देशका ऊर्जा सचिवस्तरीय विज्ञ समूहको बैठक हुने भएको छ । बैठकमा सहभागी हुन बङ्गलादेशका ऊर्जा विकास विभागका सचिव मो. हविबुर रहमान नेतृत्वको टोली नेपाल आइसकेको छ ।
नेपाल–बङ्गलादेश ऊर्जा क्षेत्रमा सहकार्यका लागि स्थापित संयन्त्रको चौथो संस्करणको यो बैठकमा नेपालको विद्युत् बङ्गलादेशमा बिक्री गर्ने र नेपालको जलविद्युत् विकासका लागि बङ्गलादेशको लगानी भित्र्याउने विषयमा केन्द्रित रहने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । बैठकमा नेपाली पक्षको नेतृत्व ऊर्जा सचिव सुशीलचन्द्र तिवारीले गर्नेछन् ।

बङ्गलादेशले नेपालको जलाशययुक्त सुनकोसी जलविद्युत् आयोजनामा लगानी गर्ने चासो देखाउँदै आएको छ । यसैअनुरूप मङ्गलबार सचिव रहमानसहितको टोलीले प्रस्तावित निर्माण स्थलको अवलोकन भ्रमण पनि गर्दै छ । मन्त्रालयका ऊर्जा महाशाखा प्रमुख मधुप्रसाद भेटवालका अनुसार दुईदिने सो बैठकमा सुनकोसी जलविद्युत् आयोजनामा लगानी गर्ने मोडालिटीका विषयमा छलफल हुँदै छ । भेटवाल र बङ्गलादेशी समकक्षी महसिन चौधरी नेतृत्वको टोलीबीच बुधबार एजेन्डाबारे छलफल गरी बिहीबार हुने सचिवस्तरीय बैठकमा पेस हुनेछ ।

पछिल्लो समय बङ्गलादेश ऊर्जा सङ्कटको सामना गरिरहेकाले नेपालबाट जतिसक्दो छिटो विद्युत् लैजान चाहिरहेको पनि छ । नेपालबाट पाँच हजार मेगावाटसम्म विद्युत् लैजान बङ्गलादेश तयार रहेको बताइँदै आएको छ तर नेपालको विद्युत् भारतीय भूमि तथा प्रसारण संरचना प्रयोग गर्नुपर्ने हुन्छ । भारतसँग बसेर त्रिपक्षीय संवाद गर्ने र निष्कर्ष निकाल्ने विषय पनि आगामी बैठकमा छलफल हुने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x