Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

सबै स्थानीय तहमा औद्योगिक क्षेत्र बनाइने, संघीय सरकारले ४० प्रतिशत लगानी उपलब्ध गराउने

सबै स्थानीय तहमा औद्योगिक क्षेत्र बनाइने, संघीय सरकारले ४० प्रतिशत लगानी उपलब्ध गराउने

काठमाडौं, ७ भदौ ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सबै स्थानीय तहमा औद्योगिक क्षेत्र बनाउनुपर्ने बताएका छन् । नेपाल प्लाइउड उत्पादक सङ्घको २३औँ वार्षिक साधारण सभामा उनले सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्न सङ्घीय र प्रदेश सरकारले सहयोग गर्ने उनले उद्घोष गरे । स्थानीय तहको प्रस्तावमा सरकारले ग्राम स्थापनाका लागि कुल लगानीको ४० प्रतिशत रकम वा तीन करोड रुपियाँ उपलब्ध गराउने उनले बताए ।

राष्ट्रिय उत्पादन वृद्धि गर्ने उद्देश्यले सरकारले प्रधानमन्त्री राष्ट्रिय उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम अगाडि बढाएको चर्चा गर्दै मन्त्री बडूले राष्ट्रिय अर्थतन्त्रलाई चलायमान गर्ने इन्जिनका रूपमा निजी क्षेत्र रहेको र सरकार निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताए । उद्योगी व्यवसायीको आग्रहमा उद्योग स्थापनाका लागि जग्गाको थ्रेस होल्ड ११ बिघाबाट बढाएको, ३० वर्ष उद्योग सञ्चालनको सम्झौता (लिज)मा लगानी उठ्न नसक्ने अवस्था आउन सक्ने भएकाले उक्त समायावधि बढाएर ५० वर्ष पुर्याइएको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *