नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा प्राची अग्रवाल, नयाँ बोर्ड गठन

काठमाडौं, ७ भदौ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको नयाँ बोर्ड गठन भएको छ ।
मञ्चको वार्षिक साधारण सभाले सन् २०२२/२०२३ का लागि प्राची अग्रवालको अध्यक्षतामा नयाँ बोर्ड गठन गरेको हो । अग्रवाल मञ्चको पहिलो महिला अध्यक्ष बनेकी छन् ।
नवनिर्वाचित अध्यक्ष अग्रवाल कुनाल फर्निसिबसहित विभिन्न व्यवसायमा आबद्ध एण्क सफल व्यवसायी हुन् । उनले युनिभर्सिटी अफ स्ट्राथक्लाइड, ग्लासगोबाट फाइनान्स र मार्केटिब एवं र संयुक्त अरब इमिरेट्सबाट इन्टेरियर डिजाइनिबमा स्नातकोत्तर गरेकी छन् ।
सन् २०२१÷२०२२ को अध्यक्ष अमुन थापा थिए । सस्तोडिलका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत समेत रहेका थापा मञ्चको गभर्निब काउन्सिलमा सामेल भएका छन् । थापासँगै गभर्निब काउन्सिलमा पूर्व अध्यक्षहरु रोहित गुप्ता र चाब अग्रवाल रहेका छन् ।
मञ्चको नयाँ बोर्डमा अनुराग गोयल (लर्निब चेयर), आशिष अग्रवाल (सहायकलर्निब चेयर), मनिष श्रेष्ठ (सदस्य र संलग्नता चेयर), चिराग सरावागी (कम्यूनिकेसन चेयर), अंकुश अग्रवाल (फाइनान्स चेयर) र सुगम घिमिरे (स्टार्टअपचेयर) निर्वाचित भएका छन् ।
यस वर्ष स्टार्टअपहरूका लागि इन्क्युवेसन सेन्टर सुरु गरेर युवाहरूमा उद्यमशीलताको भावना जगाउन मञ्च केन्द्रित हुने नवनिर्वाचित अध्यक्ष प्राची अग्रवालले बताइन । “सबैका लागि अनुकूल नीतिहरूको वकालत गरी नेपालको अर्थतन्त्रको विकास र निर्माणमा हामी लाग्नेछौं” उनले भनिन् ।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च सन् २०१७ मा गठन भएको परिसंघको युवा संगठन हो । मञ्चको पहिलो अध्यक्ष विष्णु कुमार अग्रवाल थिए । युवा उद्यमी मञ्चले हालै सिएनआईवाईइएफ नेपाल स्टार्टअप फेस्टको सफल कार्यक्रम संचालन गरेको थियो । उक्त फेस्टमा ७ वटा स्टार्टअपले २४ करोड ५० लाख रुपैयाँ लगानीको प्रारम्भिक सम्झौता गरेका थिए ।