Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सम्पत्ति विवरण नबुझाउने १३ हजार कर्मचारीलाई कारबाहीको निर्देशन

सम्पत्ति विवरण नबुझाउने १३ हजार कर्मचारीलाई कारबाहीको निर्देशन

काठमाडौं, जेठ ८ । सम्पत्ति विवरण नबुझाउने १३ हजार बढी कर्मचारीमाथि कारबाही  गरिने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने १३ हजार ३९० कर्मचारीलाई कारबाही गर्न  निर्देशन दिए सँगै विवरण नबुझाउने कर्मचारी कारवाहीको दायरामा आउने भएका छन् ।

आयोगले सम्पत्ति विवरण नबुझाउने कर्मचारीबाट जरिवाना असुल गरी सो को जानकारी तत्काल आयोगलाई दिन पनि सम्बन्धित मन्त्रालय, विभाग तथा कार्यालयहरूलाई निर्देशन दिएको छ। सम्पत्ति विवरण नबुझाए अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा ३१ बमोजिम जरिवाना हुने व्यवस्था छ। सो व्यवस्था अनुसार जनही पाँच हजार रुपैयाँ जरिवाना हुनेछ। करवाहीबाट सँगै ६ करोड भन्दा बढी रकम सरकारको खातामा जम्मा हुने भएको छ ।

सार्वजनिक पद धारण गरेका व्यक्तिले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनु पर्ने भ्रष्टाचार निवारण ऐनमा व्यवस्था छ। ऐनको दफा ५० को  व्यवस्था अनुसार आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्बन्धित कार्यालयमार्फत् विवरण बुझाउनु पर्नेछ।राष्ट्रिय सतर्कता केन्द्रको आर्थिक वर्ष २०७३/०७४ को वार्षिक प्रतिवेदनले १३ हजार बढी सरकारी कार्मचारीहरुले सम्पत्ति विवरण नबुझाएको उल्लेख गरेको थियो ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x