जोशी जलविद्युत कम्पनीले स्थानियहरुलाई प्राथमिक शेयरको बिक्री खुल्ला गर्याे
काठमाडौ., ८ जेठ । जोशी जलविद्युत कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियहरुका लागि प्राथमिक शेयर निष्कासन गरेको छ । कम्पनीले स्थानियहरुका लागि ३७ करोड १४ लाख रुपैयाँ बराबरको ३ लाख ७१ हजार चार सय कित्ता प्राथमिक शेयर निष्कासन गरेको हो । कम्पनीले स्थानियहरुका लागि जेठ ८ देखी २२ गतेसम्मका लागि प्राथमिक निष्कासन गरेको छ ।
कम्पनीले निष्कासन गरेकोे उक्त प्राथमिक शेयर कुल चुक्ता पुँजीको १० प्रतिशत हो । यस्तै कम्पनीले ३० प्रतिशत ७ लाख ४२ हजार कित्ता प्राथमिक शेयर सर्वसाधारणहरुका लागि छुट्टाएको जनाएको छ ।
यस प्राथमिक निष्कासनको लागि लगानीकर्ताहरुले न्युनतम ५० कित्ता देखी अधिकत्तम १ हजार आठ सय कित्ता एक सय रुपैयाँ अंकित मुल्यमा आवेदन दिन सक्नेछन् । कम्पनीले इलाम नगरपालिकाको वार्ड नम्बर १, ३ र ४ का स्थानियहरुका लागि सो प्राथमिक शेयरको आवेदन खुल्ला गरेको हो । कम्पनीले प्राथमिक शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ ।
जोशी जलविद्युत कम्पनीले इलामको पुवा मझुवा ३ मेगावाट क्षमताको माथिल्लो पुवा १ जलविद्युत आयोजना निर्माण गर्दै आएको छ ।