Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सुभम पावरले स्थानियहरुका लागि प्राथमिक शेयर निष्कासन जेठ २० बाट गर्ने

सुभम पावरले स्थानियहरुका लागि प्राथमिक शेयर निष्कासन जेठ २० बाट गर्ने

काठमाडौं, ८ जेठ । सुभम पावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानियहरुका लागि प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले स्थानियहरुलाई २ लाख कित्ता प्राथमिक शेयर निष्कासन गर्ने भएको छ ।

यस कम्पनीले स्थानियहरुका लागि जेठ २० देखी आषाढ ३ गतेसम्म प्राथमिक निष्कासन गर्ने भएको छ । स्थानियहरुले न्युनतम ५० कित्ता देखी अधिकत्तम एक हजार कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले प्राथमिक शेयर निष्कासनको लागि सिविआईएल क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले निष्कासन गर्ने लागेको उक्त प्राथमिक शेयर कुल चुक्ता पुँजी १० प्रतिशत हो ।

सुभम पावर लिमिटेड कम्पनीले संखुवासभा जिल्लाको पिलुवा खोलामा १ मेगाबाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्दैछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x