३३ किलो सुन तस्करी प्रकरणका मुख्य नाइके ‘गोरे’ पक्राउ

काठमाडौै, जेठ ८ । सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’  पक्राउ परेका छन् । गृह मन्त्रालयको विशेष छानबिन समितिले उनलाई पक्राउ गरेको समितिका एसएसपी बसन्त लामाले पुष्टि गरेका छन्।

विमानस्थलमा एयरलाइन्सका कर्मचारी र प्रहरीसँग सेटिङ मिलाएर गोरेले सुन तस्करी गर्दै आएका थिए। गत माघ ९ गते विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन हराएपछि सुन लुटेको आशंकामा उनले करेन्ट लगाएर सनम शाक्यको हत्या गरेको थिए।

शाक्य हत्याको विस्तृत अनुसन्धान गर्ने क्रममा उनको तस्करीको धन्दा बाहिर आएको हो। सो प्रकरणमा विशेष समितिले यसअघि ३० जनालाई पक्राउ गरिसकेको छ। जसमध्ये ८ जना प्रहरी अधिकारी छन्। गोरे पक्राउ परेसँगै यो मुद्दाले नयाँ मोड लिएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *