गण्डकी डेभलपमेन्ट बैंकको मुल्य समायोजन

काठमाडौं, ८ जेठ । बोनस शेयर प्रयोजनको लागि नेपाल स्टक एक्सचेन्जले गण्डकी डेभलपमेन्ट बैंकको शेयर मुल्य समायोजन गरेको छ । १९.३१०६ प्रतिशत बोनस शेयर प्रस्ताब गरेपछि बैंकको शेयर मुल्य २१४.५७ रुपैयाँमा समायोजन गरिएको छ । नेप्सेको अनुसार बैंकको शेयर आधार मुल्य २८०.७८ रुपैयाँ रहेको छ ।
बैंकले जेठ २५ गते बस्ने १०औं वार्षिक साधारण सभामा शेयरधनीहरुलाई १९.३१०६ प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकले प्रस्ताव गरेको उक्त बोनस शेयर पछि बैंकको चुक्ता पुँजी २ अर्ब ७५ करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी २ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।