श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको बोनस शेयर स्विकृत

काठमाडौं, ८ जेठ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले प्रस्ताव गरेको २६.५७ प्रतिशत बोनस शेयर नेपाल राष्ट्र बैंकले स्विकृत गरेको छ । फाइनान्सले प्रस्ताव गरेको उक्त बोनस शेयर फाइनान्सको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुने जनाइएको छ ।
फाइनान्सले प्रस्ताव गरेको उक्त बोनस शेयर पछि चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्ने छ । फाइनान्सको हाल चुक्ता पुँजी ६३ करोड २१ लाख रुपैयाँ रहेको छ ।