Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

युनाइटेड इन्स्योरेन्सको साधारण सभा जेठ २७ मा

युनाइटेड इन्स्योरेन्सको साधारण सभा जेठ २७ मा

काठमाडौं, ८ जेठ । युनाइटेड इन्सुरेन्सको वार्षिक साधारण सभा जेठ २७ मा गर्ने भएको छ । कम्पनीले सञ्चालक समितिले घोषणा गरेको २४ प्रतिशत हकप्रदलाई सभाको एजेन्डा बनाइएको छैन ।

यसअघि पनि शतप्रतिशत हकप्रद सेयरलाई बिमा समितिले स्वीकृति नदिएपछि रद्द भएको थियो । विशेष गरी सीजी इलेक्ट्रोनिक्सलाई गरेको दावी भुक्तानी युनाइटेडको टाउको दुखाईको विषय बनेको छ ।

सभामा आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात र नाफा नोक्सानलगायतमा छलफल गर्ने प्रस्ताव मात्र पेश गरिंदैछ । आर्थिक वर्ष २०७४–७५ को लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ ।

सभा प्रयोजनको लागि युनाइटेडले जेठ १३ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्नेछ । हाल यसको चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँ छ । बिमा समितिको दिएको निर्देशन अनुसार १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन कम्पनीलाई अझै ७० करोड रुपैयाँ अपुग रहेको छ ।

बिमा समितिले निर्जीवन बिमा कम्पनीहरुलाई २०७५ असार मसान्तसम्म १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासम कम्पनीले ९ करोड १९ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १७ रुपैयाँ ९१ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ५९ पैसा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x