“सेबोनद्वारा पुँजीबजार सुधारको स्पष्ट कार्ययोजना सार्वजनिक”

काठमाडाैं, २८ असाेज । पुँजीबजार सुधारका लागि गठित कार्यदलको सिफारिसअनुसार नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तत्काल कार्यान्वयन गर्नुपर्ने सुधारका कामहरूको स्पष्ट समयसीमा सहितको कार्ययोजना सार्वजनिक गरेको छ ।
सेबोनले तयार पारेको कार्ययोजनामा महत्वपूर्ण सुधारका कामहरू र तिनको कार्यान्वयन समयसीमा उल्लेख गरिएको छ ।
-
मार्जिन कारोबार प्रणाली कात्तिक मसान्तभित्र धितोपत्र दलाल व्यवसायीमार्फत लागू गरिनेछ।
-
बोनस सेयर वितरणमा लाग्ने लाभांश कर सम्बन्धित संस्थाले नै मिलान गरी भुक्तानी गर्ने व्यवस्था तुरुन्त लागू गरिनेछ।
-
दुई वा बढी हितग्राही खाता खोल्न दिने प्रक्रिया कात्तिक १५ भित्र सम्पन्न गरिनेछ।
-
भुक्तानी असमर्थता वा ढिलाइ हुँदा देखिने दायित्व र प्रतिफल भुक्तानीसम्बन्धी प्रावधान मंसिर १५ सम्म एकरूप बनाइनेछ।
अर्थमन्त्री रामेश्वर खनाल ले पदभार सम्हालेलगत्तै आशोज ३ गते कार्यदल गठन गरेका थिए। सेबोनका कार्यकारी निर्देशक रुपेश केसी संयोजक रहेको उक्त ४ सदस्यीय कार्यदलमा राष्ट्र बैंक, नेप्से र अर्थ मन्त्रालयका प्रतिनिधिहरू समावेश थिए।
कार्यदलले पुँजीबजारको तत्काल सुधारका लागि प्रणालीगत तथा प्रक्रियागत सिफारिससहितको कार्ययोजना बिहीबार अर्थमन्त्रीलाई बुझाएको छ।