Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

फनपार्कलाई काठमाडौं महानगरको २४ घण्टे अल्टिमेटम, पार्कले बक्यौता कर तिर्नुपर्ने

फनपार्कलाई काठमाडौं महानगरको २४ घण्टे अल्टिमेटम, पार्कले बक्यौता कर तिर्नुपर्ने

काठमाडौं, १५ भदौ । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपस्थित काठमाडौं फनपार्कलाई २४ घण्टाभित्र कर बुझाउन निर्देशन दिएको छ ।
महानगरका राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले आज पत्र लेख्दै फनपार्कले महानगरलाई बुझाउनुपर्ने कर ९व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर० वर्षौंदेखि नबुझाएको र पटक पटक ताकेता गर्दा पनि नतिरेको उल्लेख गर्दै बुधबार हालसम्म बुझाउन बाँकी रहेको कर जरिवाना सहित तिर्न फनपार्कलाई अल्टिमेटम दिइएको हो ।

‘व्यवसाय कर र वहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन कर तथा मनोरञ्जन कर महानगरपालिकाका राजश्व विभाग बबरमहलमा गई पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र सम्पूर्ण बाँकी रकम र सोको लाग्ने जरिवाना समेत दाखिला गर्न हुन अनुरोध छ’, महानगरको पत्रमा भनिएको छ ।

महानगरले तोकिएको समयमा नबुझाए फनपार्क शिलबन्दी गरी तिर्नुपर्ने राजश्व सरकारी बाँकीसरह असुल गरिने जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x