Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

नेप्से २१ अंकले ओरालो, १ अर्ब १९ करोड बढीको कारोबार

नेप्से २१ अंकले ओरालो, १ अर्ब १९ करोड बढीको कारोबार

काठमाडौं, २१ भदौ । यस साताको तेस्रो कारोबार दिन मंगलबार शेयर कारोबार ओरालो लागेको छ ।


यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक २१.२२ अंकले घटेर १९५१.७९ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.०८ प्रतिशतले बढी हो ।


मंगलबार २२७ कम्पनीको ३२ लाख ९ हजार ९ सय ८३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १९ करोड ७ लाख ६५ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


ठुला कम्पनिको उपसूचक ३.८९ अंकले घटेर ३७९.०५ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.०२ प्रतिशतले घटेको हो ।


यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन १२ समूहका कम्पनीको कारोबार घटेको छ भने १ समूह जुन म्यूचल फण्ड कम्पनीको कारोबार बढेको छ । आज सबै भन्दा धेरै निर्जीवन बिमा समूहका कम्पनीको कारोबार १४७.९ अंकले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x